लागूऔषध प्रयोग न्यूनीकरणका लागी सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड

नेपालगन्ज : लागूऔषध प्रयोगकर्ताहरुलाई सुधार गर्ने तथा उनिहरुको उपचारका लागि वकालत गर्ने तथा उनिहरुको समस्या सम्बोधन हुने गरि स्थानिय तहले कार्यक्रम ल्याउनुपर्ने र त्यसका लागि सहकार्य गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

चेन्ज टिमले आइतबार नेपालगन्जमा आयोजना गरेको ‘लागू औषध प्रयोगकर्ताहरुका लागी बिस्तृत एचआइभि एड्स कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग समन्वयात्मक बैठकमा सो कुरा सहभागीहरुले बताएका हुन् ।

बिदेशी दातृ निकायहरुले सिमित समय वा केही बर्षका लागी कार्यक्रम दिने भएकाले त्यसपछि लागु औषध प्रयोगकर्ताहरुलाई सुधार , उनिहरुको उपचार, परामर्श, एचआईभी एड्स परिक्षण र परिवार संगको भेटघाट जस्ता कार्यक्रमहरु प्रभावित हुने भएकाले स्थानिय तह सरोकारवाला निकायले त्यसतर्फ ध्यान पुर्याउनु पर्ने धारणा कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

चेन्ज टिमले आयोजना गरेको कार्यक्रममा बोल्दै सामाजिक सेवा केन्द्रका दिपेन्द्र जोशिले जिल्लामा लागूऔषध प्रयोगकर्ताहरुलाई सुधारको कार्यक्रममा सबै सरोकारवाला निकाय सबैले मिलेर कार्य गर्नु पर्ने र परिणाममा एक जाना मात्रै भए पनि परिवर्तन हुन्छ भने त्यो नै महत्त्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

कार्यक्रममा चेन्ज टिम बाँकेका कार्यक्रम संयोजक समेत रहनुभएका इन्द्रा कुमारी जिसिले कार्यक्रमको सहजीकरण गर्दै चेन्ज टिमले यो बर्ष कोरोना भाइरस संक्रमण र त्यसपछि सरकारले आव्हान गरेको लकडाउनका कारण लक्ष्य भेटाउन केही कठिनाइ भए पनि समग्रमा चेन्ज टिमको लक्ष्य अनुसार काम भएको बताउनुभयो ।

चेन्ज टिमले समुदायमा पुगेर १९६५ जनामा एचआईभी परिक्षण गर्ने लक्ष्य लिएको भए पनि ११६५ जनाको परिक्षण गरेको बताइएको छ भने ५१ हजार ९ सय ५० कण्डम बितरण गर्ने लक्ष्य लिएकोमा ५८८ हजार ३ सय २१ कण्डम बितरण गरिएको थियो । त्यस्तै एक लाख ६५ हजार बढी सिरिन्ज आउट समेत भएको यो महिनासम्मको आकडाले देखाएको बताइएको छ । (लक्ष्यहरु अङ्ग्रेजी सालको अन्तिम सम्मको हो)

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्द, चेन्ज टिमका अध्यक्ष तथा रिकभरीङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रबिन बिसि, स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि, लागू औषध ब्युरो बाँकेका प्रहरी निरीक्षक प्रकाश कुमार केसी, चेन्ज टिमका कार्यक्रम प्रमुख यशोदा ज्ञवाली, पुर्व अल्कोहोलिक तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया