कोहलपुर नगर खेलकुद बिकास समितिको संयोजकमा तामाङ

नेपालगन्ज : कोहलपुर नगरपालिका नगर खेलकुद बिकास समितिको संयोजकमा बाँकेका युवा नेता राजु तामाङ मनोनीत भएका छन् ।

कोहलपुर नगर कार्यपालिकाको ४ गतेको निर्णयबाट तामाङलाई कोहलपुर नगर खेलकुदको संयोजकमा नियुक्ति गरेको हो ।

तत्कालीन युवा संघ नेपालको उपाध्यक्ष समेत रहेका बाँकेका राष्ट्रिय युवा संघ नेपालका युवा नेता तामाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कोहलपुर नगर कमिटिका सदस्य समेत हुन् ।

खेलप्रेमी र युवाहरु माझ सहयोगी स्वभावका तामाङ कोहलपुर नगर खेलकुदको संयोजका नियुक्ति संगै कोहलपुरको खेलकुदको बिकासले छलाङ मार्ने स्थानियहरुको बुझाई छ ।

कोहलपुर नगरपालिकाले तामाङलाई नगर खेलकुद बिकास समिती संचालन कार्यबिधी २०७६ को दफा ३ को उपदफा १ बमोजिम नियुक्ति गरेको हो ।

प्रतिक्रिया