युनाइटेड ग्रुप दोस्रो वडा स्तरीय क्रीकेटको उद्घाटन समारोह वडा अध्यक्षद्वारा बहिस्कार

नेपालगन्ज :

उद्घाटन समारोहमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट मेयर तथा उपमेयर नबनाइएको विषयलाई लिएर नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्षहरुले उद्घाटन समारोह बहिस्कार गरेका छन् ।

युनाइटेड दोस्रो अन्तर वडा स्तरीय क्रीकेट प्रतियोगिताको आज उद्घाटन भएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट मेयर तथा उपमेयर नबनाइएको विषयलाई लिएर नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्षहरुले उद्घाटन समारोह बहिस्कार गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष जुम्मन खाँले मिडिया संग कुरा गर्दै आयोजकले वडा अध्यक्षहरुसंग सल्लाह नै नगरी उद्घाटन समारोहमा प्रमुख अतिथि तोकेकाले बहिस्कार गरेको बताएका छन् ।

त्यस्तै,नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहले समेत प्रमुख अतिथिको बिसयमा आफू संग समन्वय नगरेको कारण उद्घाटन समारोह बहिस्कार गरेको बताएका छन् ।

उद्घाटन समारोह बहिस्कार गरेका वडा अध्यक्षहरुले भने क्रीकेट प्रतियोगिता भने बहिस्कार नगर्ने बताएका छन् ।

उता , प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले यसरी खेलमा राजनीति गरे खेलकुदको बिकास नहुने र यस्तै तरिकाले तेस्रो संस्करण गर्न नसकिने बताएका छन् ।

दोस्रो वडा क्रीकेटको उद्घाटन समारोहमा प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईलाई बनाइएको थियो । त्यसै विषयलाई लिएर वडा अध्यक्षहरुले उद्घाटन समारोह बहिस्कार गरेका हुन् ।

प्रतिक्रिया