नेपालगन्ज : बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी खगेन्द्र प्रसाद न्यौपानेले मंगलबार छोरा कुशल राज न्यौपानेको जन्म दिनको अवसरमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी जीबन बीमा पोलिसी उपहार दिएका छन्।
छोराको भविष्य सुनिश्चित गर्न छोराको २१ औं जन्मदिनको अवसरमा ५ लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको खगेन्द्र प्रसाद न्यौपानेले बताए । विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी छोराको भविष्यको लागी बचत समेत हुने भएकाले युनियन लाइफ इन्स्योरेन्समा छोराको बिमा गरेको न्यौपानेले बताए ।
नेपालगन्ज वडा नम्बर २० राझा स्थित कुशल मंगल डेरि संचालन गर्दै आएका न्यौपानेले बिमा जोखिम गर्दै अनिवार्य बचत पनि भएकाले छोरालाई अन्य उपहार भन्दा बिमा पोलेसी उपहार दिएको बताए ।
२१ औं बसन्तमा टेकेका कुशल एक सफल क्रिकेटर बन्न चाहन्छन् । भारतको बैग्लोर बसेर क्रीकेट एकेडेमीमा क्रीकेट सिकेर फर्किएका उनी हाल दैनिक नेपालगन्ज एमपी स्कुलको मैदानमा अभ्यास गर्ने गर्छन ।
बुवा खगेन्द्र प्रसाद न्यौपाने र आमा माया देवि न्यौपानेको जेठो छोरा कुशल न्यौपाने क्रीकेटमै भबिष्य देखेका छन् । कुशलले देश र राष्ट्रको लागी क्रीकेट खेलोस भन्ने बुवाआमाको चाहना रहेको छ । त्यसैले छोराको भविष्यको लागी बिमा पोलेसी बचतको रुपमा उपहार स्वरुप प्रदान गरिएको बताउछन ।
बिमा पोलेसी हस्तान्तरण गर्दै युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाँसगढी शाखाका प्रबन्धक हेमन्त शाहिले चाडपर्व वा विभिन्न उत्सवमा बिमा पोलेसी उपहारको रुपमा दिदा अनावश्यक हुने खर्च रकम बचत हुने र जीवन पनि सुरक्षित हुने बताए । सो बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा न्यौपाने परिवार संगै युनियन लाइफ इन्स्योरेन्सका कर्मचारीहरुको उपस्थिति थियो ।









