नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) पनि घटेको छ । मंगलबार १८ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि एक हजारले घटेको हो ।
नेपाल सुन चाँदाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार १७५ रहेको महासंघले जनाएको छ ।









