१० हजार युवा जम्मा भए राजा त्रिभुवन र बिरेन्द्रको शालिक स्थापना हुन्छ – मेयर राणा

नेपालगन्ज : राज संस्था पुनःस्थापनको माग गर्दै नेपालगन्जमा शनिबार निकालिएको र्‍यालीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका धवल शमशेर राणाले पुलिस र प्रशासनको बलमा स्थापना हुन नसकेको बिरेन्द्रको शालिक र त्रिभुवन चोकमा त्रिभुवन शालिक १० हजार युवाहरू जम्मा हुने हो भने पुनःस्थापन गरिने बताएका छन् ।

नेपालगन्जमा राजसंस्था पुनस्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै मेयर राणाले उक्त कुरा बताएका हुन् ।

मेयर राणाले आन्दोलनको माध्यमबाट नै राजालाई पुनः गद्दीमा बसाल्ने समेत बताएका छन् ।

त्रिभुवन चोकमा रहेको त्रिभुवनको शालिकको अंशलाई जोगाउन नसकेको र त्यस स्थानमा पुनः त्रिभुवनकै शालिक राख्नु पर्ने नगरबासीको भावना बिपरित काम गरेको आरोप लागेको मेयर राणाले गरेको भाषणको विभिन्न कोणबाट आज टिकाटिप्पणी भएको छ ।

प्रतिक्रिया