बर्दियामा ८० प्रतिशत जमिनमा खेति

खगेन्द्र दाहाल, बर्दिया : बर्दियामा ८० दशमलव ३० प्रतिशत जमिनमा खेति गरिएको छ । बर्दियाको २ लाख २ हजार ५ सय हेक्टर क्षेत्रफल मध्य कुल खेतियोग्य जमिन ७५ हजार हेक्टर अथार्त ३७ दशमलव ०३ प्रतिशत रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ ।

जसमा जिल्लाको बर्षभरी सिंचित क्षेत्रफल ४२ हजार ५ सय ६६ अर्थात ७० दशमलव ८२ प्रतिशत रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

बर्दियाको रियलस्टेट एंव उद्योग धन्दा तथा घडेरिले खेतियोग्य जमिनको ३ सय ३५ हेक्टर क्षेत्रफल ओगटेको हो ।

बाढी पहिरो प्रभावित भएर नोक्सानी भएको जमिनको क्षेत्रफल भने १ सय ५ हेक्टर रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया