प्रदेशकै दोस्रो ‘सिओटी’ को उपाधी काफ्लेलाई

नेपालगन्ज : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बासगढी शाखाको एजेन्सी मेनेजर भुपेन्द्र प्रसाद काफ्लेले बिमा अभिकर्ताहरुको अन्तराष्ट्रीय संस्था मिलिनियम डलर राउण्ड टेबल अन्तरगत कोर्ट अफ दि टेबल (सिओटी) को उपाधी प्राप्त गरेका छन् ।

कोहलपुर वडा नम्बर ११ निवासी काफ्ले यो क्षेत्रबाट यो आवमा सिओटीको उपाधी प्राप्त गर्ने दोस्रो ब्यक्ती हुन् । जीवन बिमा कम्पनीको नियम अनुसार कुनै पनि अभिकर्ताले एक अंग्रेज़ी आर्थिक बर्षमा एकल कोडमा नब्बे लाख बिमा प्रीमियम दिन सफल ब्यक्तिहरुलाई सिओटिको उपाधी दिने गरिन्छ ।

काफ्लेले यो आर्थिक बर्ष समाप्त नहुदै आजका दिनमा ९१ लाख ५६ हजार बढी प्रीमियम दिएका छन् । काफ्ले गत आर्थिक बर्षको पुष देखी युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएर जीवन बिमाको क्षेत्रमा काम गर्दै आएका छन् ।

उनले छोटो समयमा र कोरोना भाइरसको कहरमा समेत उत्कृष्ट कार्य गर्दै कम्पनीलाई ९१ लाख बढीको ब्यवसाय प्रदान गरेका थिए । ब्यवसायिक पृष्ठभुमिका काफ्ले बाँकेको कोहलपुरमा सफल युवा ब्यवसायीको रुपमा परिचित छन् ।

प्रतिक्रिया