नेपालगन्ज : केसु ग्रूपद्वारा नेपालगन्जमा बिजि ब्राण्डका डिजिटल ढोका तथा झ्याल, फर्निचरमा लाग्ने गुणस्तरीय हार्डवेयरको ब्यवसायको आज उद्घाटन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर दुइका अध्यक्ष सुनिल सिंह हमालले केसु ग्रुपद्वारा संचालन गरेको डिजिटल ढोका तथा हार्डवेयर ब्यवसायको उद्घाटन गरेका हुन् ।
नेपालगन्जमा आधुनिक तथा उच्च गुणस्तरका डिजिटल ढोका तथा हार्डवेयरको सामाग्रीको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उक्त ब्यवसाय शुरु गरेको र ब्यवसाय सफल रहने उद्घाटन कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले बताएका छन् ।

केसु ग्रुपमा उच्च गुणस्तरका सम्पूर्ण किसिमका डिजिटल, टेक्सर, प्रिमियम, ग्लोसी ढोकाहरु तथा झ्याल, ढोका एबम फर्निचरमा लाग्ने सम्पूर्ण किसिमका हार्डवेयरका सामानहरु सुपथ मुल्यमा उपलब्ध हुने सन्चालक सुनिता रेग्मिले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपालगन्जको मुटु बिपि चोकमा रहेको यो ब्यवसायबाट यहाका ग्राहकले खोजे अनुसारका ढोकाहरु, सो मा लाग्ने हार्डवेयरहरु सुपथ मुल्यमा उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि गराउनु नै आफ्नो ब्यवसायको मुख्य उद्देश्य रहेको सन्चालक रुपा रेग्मीले बताउनुभयो ।
कार्यक्रममा प्रिसु ग्रूपका अध्यक्ष कमल कुमार शाह तथा सिसिओ दिग्विजय ढुङ्गानाको समेत उपस्थितीरहेको थियो । केसु ग्रुपले नेपालगन्जको बिपि चोक नजिक जिभिएन कलेज जाने बाटो नजिकै सुर्खेत रोडमा आफ्नो ब्यवसाय सुरु गरेको छ ।


-promote contain









