लैङ्गिक हिंसा सहन्न भनी अध्यक्ष कक्षपतिले गरे हस्ताक्षर

नेपालगन्ज : लैङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धता ब्यक्ति समाज र सबैको एकेबद्धता भन्ने मुल नारा बोकेर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा एकेबद्धता जनाउदै हस्ताक्षर गरेका छन् ।

अध्यक्ष कक्षपतिले म हिंसा गर्दिन , म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु, आवाज उठाउछु भन्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा एकेबद्धता जनाउदै हस्ताक्षर गरेका हुन् ।

खजुरा गाउँपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनप्रतिनिधिहरु, धार्मिक गुरुहरु र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कक्षपति संगै जनजागरण समाज बाँकेका कार्यकारी ब्यवस्थापक राम बहादुर पुन, जनप्रतिनिधिहरु, धार्मिक गुरुहरु, समुदायका अगुवाहरुले  एकेबद्धता जनाउदै हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कक्षपतिले कुनै पनि हिंसा पालिकामा सह्य नहुने बताएका छन् । हिंसा शब्दले समाजलाई सहि तर्फ लैजादैन त्यसैमा महिला वा पुरुष भएकै कारण गरिने हिंसा सहन नसकिने भन्दै लैङ्गिक हिंसाको अन्त्यका लागी धार्मिक गुरुहरुले खेल्ने भुमिका उल्लेख रहने कुरा बताएका छन् । साथै अध्यक्ष कक्षपतिले सबै धर्मका धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसा र बाबबिवाह रोक्नको लागी भुमिका खेल्न अनुरोध समेत गर्नुभएको थियो ।

खजुरा गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु, जन जागरण समाज बाँके, प्लान इन्टरनेसनल नेपाल, केयर नेपाल र अन्तर धार्मिक शान्ति महासंघ नेपाल, अक्सफाम, बि-ग्रुप, स्याक नेपाल र बाँके युनेस्को क्लबको समन्वय रहेको अन्तरक्रिया कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै जनजागरण समाज बाँकेका कार्यकारी ब्यवस्थापक राम बहादुर पुनले धार्मिक, जातिय, लैङ्गिक, क्षेत्र वा भाषा कुनै पनि बहाना हिंसा गर्न नहुने र हिंसा सहने र गर्ने पनि हामी नै रहेकोले हिंसा अन्त्यका लागी समुदायका सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया