कृषि ज्ञान केन्द्र बाँकेले गर्यो सरोकारवालाहरुसंग अन्तरक्रिया गोष्ठी

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले कृषि उपज सरोकारवालाहरुसंग अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार नेपालगन्जको साथी कृष्ण कटेजमा सम्पन्न गोष्ठीमा कृषि व्यवसाय प्रबर्द्धन र कृषि सम्बन्धि तालिमको विस्तार लगायतका कुराहरूको छलफल गरिएको थियो।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रमुख अतिथिको रुपमा कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरे रहेका थिए ।

त्यस्तै, कृषि ज्ञान केन्द्र अर्थविज्ञ जीवन केसीले स्वागत मन्तव्य राखेका थिए। करिब ४० जना सरोकारवालाहरु उपस्थित गोष्ठी कार्यक्रम सन्चालन कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश प्रसाद भट्टराईले गरेका हुन् ।

प्रतिक्रिया