नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथी बुधबार कोहलपुरमा खुकुरी प्रहार भएको छ ।
बुधबार राती करिब १० बजेतिर चौराहा नजिकै रहेको कोहलपुर नगरपालिकाको कार्यालय नजिक उनलाई खुकुरी प्रहार भएको हो ।
नेपालगन्जबाट फर्किएर घर जाने क्रममा आफुमाथी अपरिचित समुहले हमला गरी टाउकोमा खुकुरी प्रहार गरेको मानवले जानकारी दिए ।
अहिलेसम्म उनीमाथि कसले खुकुरी प्रहार ग¥यो भन्नेबारे केही खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अज्ञात समूहको आक्रमणबाट घाइते नेता मानवको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
घटनामा संग्लनहरुको खोजी भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । घाटनाको बिषयलाई लिएर राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक कुस्माखर बस्यालले संघको ध्यानाकर्षण भएको र अपराधिलाई हदै सम्मको कारबाही गर्न माग समेत गरेका छन् ।
संयोजक बस्यालले भनेका छन् – केही गैरराजनितिक,अराजक र अपराधिहरुले गुन्डागर्दी शैलिमा गरिको आक्रमण एकदमै निन्दनीय र आपत्तिजनक छ।अपराधीक गतिबिधीमा संलगन जो कोहि अपराधी लाई यथा शिध्र कानुनको दायरामा ल्यार हदै सम्मको कारबाहिको माग गर्दछु।











