बाँकेको डुडुवाबाट बरामद भयो ठुलो परिमाणमा अवैध चिनी

नेपालगन्ज :भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ट्याक्टरबाट भित्र्याइएको सो चिनि बरामद गरिएको हो 

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डको टोलीले बुधबार बिहान ११ बजे डुडुवा गाउँपालिकाको वडा नम्बर ६ नयाँ बस्ती जङ्गलबाट भारतबाट ल्याउदै गरेको लाखौ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो ।

बरामदी सामाग्रीमा २८५० किलो चिनी,१२६० किलो धान, १४८५ किलो गहुँ , १३३पिस ठुलो ग्याँस रेगुलेटर , ५० पिस सानो ग्याँस रेगुलेटर, ३९ पिस ग्याँस बर्नर, ३८ पिस ग्याँस लाईट ,२८ पिस ककुरको वासर र ,२० पिस सकेट सहित ५ लाख ५१ हजार ४५० रुपैयाँ बराबर मूल्यका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले तस्करीमा प्रयोग भएको भे १ त ६७६४ नम्बर टयाक्टरसहित ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डुडुवा गुरुदिन केवट, लबकुश गोडिया र बिकउ गोडिया रहेका छन् । तस्करहरुले तस्करी गरेेेको चिनीलाई अन्य खाद्य सामाग्रीका बोराहरुले तल पारी ल्याउदै गर्दा सशस्त्र प्रहरीले चेक जाँच गर्दा उक्त अवैध सामाग्री बरामद भएको हो।

सशस्त्र प्रहरीले भाग्दै गरेका तस्करलाई लखेटेर समेत समातेको छ। बरामद गरिएको अवैध सामाग्री,तस्करीमा प्रयोग भएको टयाक्टरसहित ३ जना तस्करहरुलाई बुधबारनै नेपालगन्ज भन्सार कार्यालय बुझाईसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। photo : bageshworipost

प्रतिक्रिया