नेपालगन्ज: नेपाल तरुण दल बाँके र नेपाली कांग्रेस बाँकेले बिहीवार नेपालगन्जमा टाएर बालेर बिरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार तनहुँको व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुलको उद्घाटन गर्ने क्रममा नेपाल प्रहरीले गरेको दुर्व्यवहार प्रति नेपाली काँग्रेस बाँके र नेपाल तरुण दल बाँकेले नेपालगन्जमा बिरोधको कार्यक्रम गरेको हो ।
नेपालगन्जको बि.पि.चोकमा गरेको विरोध कार्यक्रममा तरुण दल बाँकेले टाएर बालेर प्रदर्शन समेत गरेको थियो । नेपाल प्रहरीले गरेको अभद्र ब्यवहार र सरकारको आलोचना गर्दै तरुण दलले प्रदर्सन गरेको तरुण दल बाँकेका नेता उत्सव सिजाली मगरले बताएका छन् ।
केही तस्वीर














