तस्वीर : प्रदीप चौधरी /नागरिक समाज

युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार आयोजक गु्रप अफ–१६ र नेपालगन्ज उपमहानगरपालिकाको जनप्रतिनिधीबिचको मैत्रीपुर्ण खेलबाट प्रतियोगिताको शुभारम्भ गरिएको छ ।
त्यसअघि प्रतिनिधि सभा सदस्य एवम् पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र प्रदेश सासद सुरेन्द्र हमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक गु्रप अफ–१६ ले जनप्रतिनिधिको टिमलाई ५ विकेटले हराउन सफल भएको छ ।
नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सुरुआतमा ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले ७९ रन बनाएको थियो ।

त्यसमा सुरेन्द्र गुप्ताले ११ रन र दिपक बर्माले १० रन बनाए । आयोजक टोलीका वलर सन्तोष शाहले २ ओभरमा १६ रन दिएर २ विकेट लिए । तरुण बज्राचार्यले २ ओभरमा ८ रन खर्चेर १ विकेट र किरण श्रेष्ठले २ ओभर वलिङ गर्दै १ विकेट लिन सफल भए ।
जवाफमा आयोजक गु्रप अफ–१६ को तर्फबाट तरुण बज्राचार्यले सर्वाधिक २७ रन र राम श्रेष्ठले १४ रनको योगदान गरेपछि टोलीले लक्ष्य प्राप्त गरेको थियो । तरुणले २८ बलको सामना गर्दा ४ चौका र रामले ९ बलमा ३ चौका प्रहार गरेका थिए ।
जनप्रतिनिधिको तर्फबाट समीर प्रताव मल्लले २ ओभरमा १२ रन दिएर ३ विकेट लिए ।
युनाइटेड ग्रुप अफ कम्पनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपालगन्जका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।

शुक्रबार १८ नम्बर वडा र १२ नम्बर वडा बिच प्रतिस्पर्धा हुने कार्यक्रम तय भएपनि प्राविधिक कारणले खेल हुन नसकेको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले बताउनु भयो ।
प्रतियोगितामा अन्तर्गत शनिबारको पहिलो खेल ७ नम्बर वडा र ११ नम्बर वडा बिच हुने छ । अर्को खेलमा ५ नम्बर र १० नम्बर वडाले प्रतिस्पर्धा गर्नेछन । शुक्रबार स्थगित गरिएको खेल रिर्जभ डेमा गर्ने तयारी भएको आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्घाटनमा शुक्रबार मन्त्री राईसँगै, प्रदेश सासद सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, प्रतियोगिताको मुख्य प्रायोजक युनाटेड गु्रपका हिमान्सु यादव, युनाइटेड ग्रुपका विजनेस हेड विजय चापागाई, जिल्ला प्रहरी कार्याल बाँकेका डिएसी शिव सिह, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हरि बस्नेत, प्रतियोगिता आयोजक गु्रप अफ–१६ का अध्यक्ष विष्णु अर्यालले लगायतको उपस्थित रहेको थियो ।

प्रतियोगितामा एजुकेशन पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट, प्राविधिक सहयोग बांके जिल्ला क्रिकेट संघले गरेको छ ।

















