युवा संघको बृहत रक्तदान कार्यक्रममा ३ सय ४५ जनाद्वारा रक्तदान

नेपालगन्ज : राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रबार सम्पन्न बृहत रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेका छन् ।

बैजनाथ गाउँपालिकाको प्रभात मावि जि गाउँमा सम्पन्न  भएको बृहद रक्तदान कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका ३ सय ४५ जनाले रक्तदान गरेका हुन्। 

युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार नेकपा नेता रत्न खत्री, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर थापा, डम्बर विक, रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायतले रक्तदान गर्नुभएको छ ।  

राष्ट्रिय युवा संघ नेपाल बैजनाथ गाउँपालिका कमिटीका संयोजक अगन मल्लको अध्यक्षता र राजु रुचालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, पुर्व राज्यमन्त्री दलबहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा,  राष्ट्रिय युवा संघ नेपालका नेता सुनिल रसाईली, राष्ट्रिय युवा संघ खजुरा गाउँपालिकाका संयोजक र सह संयोजक छबिलाल बिष्ट र बिकाश काउचा मगर लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनैपनि हालतमा बिघटनको दिशातर्फ जान नदिन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

साथै सो अवसरमा धेरै पटक रक्तदान गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया