प्रतिभा साहित्य समाज खजुराद्वारा गरियो कृति समिक्षा तथा रचना वाचन कार्यक्रम

नेपालगन्ज : नव गठित साहित्य समाज “प्रतिभा साहित्य समाज खजुरा”ले कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।

‘विविधतामा एकता सांस्कृतिक परिवर्तनका लागि साहित्य र कला’ भन्ने स्लोगन सहित खजुराको ज्ञानोदय पब्लिक क्याम्पसमा शुक्रबार उक्त समाजले पुनर्गठन भएको एक हप्ता नहुँदै भव्यताका साथ पहिलो कार्यक्रम सम्पन्न गरेको हो।

समाजका अध्यक्ष शिशिर सापकोटाकाे सभापतित्व र बरिष्ठ कथाकार सनत रेग्मीकाे प्रमुख आतिथ्यतामा अायाेजित कार्यक्रममा मणि अर्याल द्वारा लिखित “कुटि” निबन्ध सङ्ग्रह र चरित्रा शाहद्वारा लिखित “सचेत” खण्डकाव्यलाई ईश्वरि प्रसाद रिजाल, हरि सुवेदी र खगेन्द्र गिरी “काेपिला” द्वारा समीक्षा तथा विश्लेषण गरिएकाे थियाे।

समाजका संस्थापक अध्यक्ष ईन्द्र बहादुर भण्डारी, प्राज्ञ हरि प्रसाद तिमील्सीना, शिक्षाविद् किरण अाचार्यले कार्यक्रममा शुभकामना तथा मन्तब्य राख्नुभएकाे थियाे। रचना वाचनकाे क्रममा अग्रज सहित्यकारहरु पुरुषाेत्तम अर्याल, कल्पना खरेल, रामचन्द्र अाचार्य, लेक प्याकुरेल, बाेधराज प्याकुरेल लगायत नव प्रतिभाहरुले अाफ्नाे रचनाहरु बाचन गर्नुभएकाे थियाे।

साहित्य, कला र समाजसेवालाई युवाहरुमा उजागर गर्दै अागामी दिनमा अझ रचनात्मक कार्यक्रमहरु अायाेजना गर्ने प्रतिबद्धता समाजका अध्यक्ष सापकाेटाले गर्नुभयाे। कार्यक्रमकाे संचालन समाजकि उपाध्यक्ष तथा साहित्यकार चरित्रा शाहले गर्नुभएकाे थियाे।

प्रतिक्रिया