धार्मिक पर्यटनको सम्भावना बोकेको दैलेखको ‘महावुधाम’ (फोटो)

फोटो सौजन्य : आगमन प्रताप सिंह 

महावुधाम दैलेख जिल्लाको सबै भन्दा अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित छ । यो स्थान कालीकोट जिल्ला र दैलेख जिल्लाको सिमानामा पर्छ ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको महावुधाम
परापूर्व कालमा महादेव र पार्वतीको कैलाश भनिने यो स्थान दैलेख जिल्लाको महावु गाउँपालिकामा पर्दछ ।

यो स्थानमा प्रत्यक वर्ष जनै पूर्णीमाको दिनमा भव्य मेला लाग्दछ। यो स्थानमा ढुङ्गाबाट बनेको शिवलिङ्ग रहेको छ । जनै पूर्णिमाको दिनमा मुख्य पूजा गरिने भएकोले यो स्थानमा भगवान शिवको दर्शन गर्नको लागि दैलेख, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, काठमाडौँ लगायत भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।

हेर्नुस् केही तस्वीर

प्रतिक्रिया