कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत सचालित (आरटी पिसीआर) लाई लिएर धेरै टीका टिप्पणी भएको सामाजिक सजालमा देख्न र भनेको सुनियो। (सुरुवाती असोज १८ गते देखि मङ्सिर २६ गते) सम्म २७२७ जनाको नमुना जाँच गर्दा सम्म ४३२ जनाको नतिजा पोजेटिभ २ हजार २ सय ३० जना नेगेटिभ र ६५ जना फ्लोअप जाँच गरिएको छ ।
२ जना BMLT १ जना Lab Technician र १ जना Lab Assistant सहित अन्य Supportive कर्मचारी उक्त ल्याबमा आ-आफ्नो काम कर्तव्य निर्वाह गरि रहनु भएको छ। कमलबजार नगरपालिकाले खर्चलाई जसरी हुन्छ ब्यबस्थित गरिरहेको छ Reagent नभएर कति प्रयोगशाला केहि दिनको लागि भएपनि बन्द भएका छन भने यो प्रयोगशाला सुरुवाती दिनदेखि अहिलेसम्म एक पटक पनि बन्द तथा सेवामा अवरोध भएको छैन ।
प्रयोगशालामा आएका जुनसुकै जिल्ला र पालिकाका स्वाबका नमुनाहरु हुन सबैलाइ समान तरिकाले हेरिएको छ। कुनै पनि जिल्ला पालिका र ब्यक्ति लाई पक्षपात गरि नमुना अगाडि पछाडी गरिएको छैन। केवल कुनै ब्यक्ती लाइ लक्षण देखिएको छ भने प्राथमिकता दिएका छौ भने उक्त नतिजाहरुको रिपोर्ट आउदा सम्म प्रयोगशालामा कुनै पनि गैर जिम्मेवारी र गैर कानुनी काम भएको छैनन र आगामी दिनहरुमा कदापी हुने वाला पनि छैन ।
कुरा आयो बिस्वास र अबिस्वास को यस प्रयोगशालामा अबिस्वास गर्नु पर्ने खालका कुनै पनि गतिविधि भएका छैनन। सामाजिक संजालमा, समुहमा पैसा लिएर फेक पोजेटिभ रिपोर्ट बनायो भन्ने गलत भ्रमपुर्ण र गैर कानुनी कुरा सुनिएकोले हाम्रो टिमको ध्यानाकर्षण भएको छ । यस्ता कुरालाइ गम्भीरतापुर्वक लिइ कानुन सम्बत अगाडि बढी यस्तो खालका भ्रम र अविश्वास लाई प्रयोगशाला टिम खण्डन गर्न प्रतिबद्ध छौ । र उपकरण ले गर्दा रिपोर्ट बिग्रेको हो भने पनि प्रयोगशाला सुचारु भएको २/३ महिना भयो र QC (Quality Check) पनि गरेकै हो र फेरि पनि गर्दै छौ र गरिरहने पनि छौ, यो अवस्थामा प्रयोगशाला चलाउन सबैको साथ, सहयोग जरुरी रहन्छ।
कमलबजार RT-PCR प्रयोगशाला हिजो पनि र आज पनि स्थानिय तह जिल्ला प्रदेश र संघ बाट समय समयमा अनुगमन सुझाब सल्लाह र सहयोग को पनि आवश्यक्ता रहेको छ । यसलाइ हामी सकारात्मक लिनेछौ र सम्पुर्ण शुभ चिन्तकहरु,अग्रजहरु सहयोगी दाताहरु सहकर्मीहरु र आम नागरिकहरुमा वास्तविक कुरा नबुझेर प्रयोगशाला प्रती हावादारी कुरा नगरिदिन हुन विनम्र अनुरोध गर्दछौ ।
प्राथमिक स्वास्थ्य केन्द्र RT-PCR अछाम को एक मात्र प्रयोगशाला भएको ले पनि प्रयोगशाला कमलबजार नगरपालिकाको मात्र नभएर आछाम जिल्लाकै प्रयोगशाला हो । प्रयोगशाला ले अछाम जिल्लाका मात्र न भएर अरु जिल्ला का आम नागरिकहरुलाइ निरन्तर प्रयोगशालाको क्षमता अनुसार सेवा दिरहेको कुरा सर्वविधितै छ ।
कतिपय ब्यक्तीले झुक्याएर फरक फरक ठाउँ बाट स्वाबको नमुना दिएको छ र कतिपय व्यक्तिले नेगेटिभ रिपोर्ट आएको एक हप्ता नपुग्दै अर्को नमुना दिएको पनि भेटियो, अब आगामी दिनहरुमा यस्ता नमुनाहरु प्रयोशालाले नलिने भएको पनि जानकारी गराउदछु र यस्ता मापदण्ड नपुगेका नमुनाहरु स्थानिय तहले संकलन गरेर नपठाइदिन राम्रो हुने थियो कि ?
स्वाबको नमुना दिदा फारम भर्दा नागरिकता अनुसार आफ्नो सकल विवरण नदिएको र पछि पोजेटिभ देखिए पछि रिपोर्ट लिन आउदा सबै विवरण सच्याइदिन भन्ने गरिएको गल्त अभ्यासहरु लाई हामी निरुत्साहित गर्दछौ, त्यसले गर्दा धेरै कुरामा प्रभाव पार्दछ पहिलो त पोजेटिभ आएको व्यक्ती कताको हो एकिन हुदैन र गलत रिपोर्ट हुने हुन्छ , भने अर्को कुरा विवरण सच्याउदा पहिला एउटा र पछि फरक पर्न जान्छ त्यसैले स्वाब को नमुना दिदा आफ्नो वास्तविक ठेगाना उल्लेख गर्नु पर्दछ ।
एक पटक कोरोना भाइरस शरीर मा प्रवेश गरिसके पछि फोक्सोलाइ पछि सम्म असर गर्छ भन्ने छ, आम नागरिकले यो विषयमा सोच्न जरुरी छ जब ब्यक्ति बृद्ध अबस्था हुँदै जान्छ अरु रोग हरुले पनि असर गर्दै जान्छ हाम्रो जस्तो ठाउमा फोक्सो सम्बन्धी रोग पनि धेरै हुने गर्दछ, भने त्यस्तो ब्यक्ती जो पहिले नै कोरोना भैसकेको छ भने त्यस्तो ब्यक्तिलाइ कोरोना न भएको ब्यक्ती भन्दा धेरै नै असर गर्न सक्छ त्यसैले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने हात धुने र सरसफाइमा ध्यान दिने र सकेसम्म भिड भाड बाट टाढा बस्ने र कोरोना बाट अछुतो रहने प्रयास गर्दा पछि सम्म राम्रो हुन्छ । अझै पनि जो ब्यक्ती ले कोरोनालाइ सामान्य रुपमा हेर्छ त्यस्तो ब्यक्तीले सोध्नुहोस जस्लाइ कोरोनाले गर्दा परिवार नै संक्रमीत भएका छ्न र हेर्दा हेर्दै परिवार को सदस्य गुमाउनु परेको पीडा पिडित परिवार लाई मात्र थाहा हुन्छ ।
नेपाल सरकारका सुरक्षाका सम्पुर्ण मापदण्ड अपनाउदा अपनाउदै गर्दा पनि यस्तो माहामारी मा आम नागरिकको सेवा को लागि रात दिन न भनी आफ्नो कर्तव्य पूरा गर्न खटिरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, कर्मचारी,गैर सरकारी निकायका प्रतिनिधि लगाएत सम्पुर्ण जो सेवाको भावना राखेर अरुलाइ सहयोग गर्दा गर्दै आफू कोभिड को चपेटा मा आएर पोजेटिभ देखिनु भएको छ उहाँहरु सम्पुर्ण लाई प्रयोगशाला र मेरो व्यक्तिगत तर्फ बाट शिघ्र स्वास्थ लाभ को कामना गर्दछु । धन्यवाद !
टेक बहादुर बिष्ट
हे.अ. (सुचना अधिकारी)
कोभिड-१९ परिक्षण प्रयोगशाला
कमलबजार नगरपालिका अछाम ।










