छाडा पशु नियन्त्रणका लागि जानकी बढैयाका स्थानीय एकजुट

नेपालगन्ज : बाँकेको जानकी गाउँ पालिका वडा नम्बर एक बढैयाका स्थानीय छाडा पशुले आफ्नो खेति नोक्सान गर्न थाले पछी त्यसको समाधान खोज्न एकजुट बनेका छन् ।

खेतबारीमा लगाइएको गहु लगायत अन्य बालि नोक्सान गर्न थाले पछी जानकी गाउँपालिका वडा नम्बर एक तथा दुइका स्थानीयहरू मिलेर अस्थाई गौशाला निर्माण गरि आफ्नो बाली बचाउन लागिपरेका हुन् ।

भारतीय सिमाना रहेको गाउँ भएकाले भारतबाट लखेटिएका गाइ-गोरुहरुले गाउँको बालि नोक्सान गर्नथाले पछी गाउँले आफैले चन्दा संकलन गरेर अस्थाई रुपमा छरुवा गाईबस्तुको व्यवस्थापनको लागि लागिपरेको नेकपा बाँकेका युवा नेता किशोर थापाले बताएका छन् ।

स्थानीयले आफैले छरुवा गाईबस्तुको लागि काडेतार लगाई अस्थाई रुपमा बासस्थान निर्माण गरेका हुन् । स्थानीयका लागि अब खुवाउने र व्यवस्थापना गर्ने कसरि भन्ने चिन्ताले सताएको समाजसेवी इन्द्रबहादुर थापाले बताए ।

स्थानियहरुले छरुवा गाईबस्तु व्यवस्थापन गर्न एक समिति समेत गठान गरेको छ | सात सदस्यीय गठित समितिमा स्थानीय सेर बाहादुर थापा, राम कुमार कांदु, अयोध्या प्रसाद कांदु, किसन कांदु, बिनोद कांदु र बदलु खा रहेका छन् भने बिशेस सल्लाहकारमा समाजसेवी इन्द्र बहादुर थापा र वडा नम्बर एकका अध्यक्ष मोहमद रजा राई रहेका छन् ।

स्थानीयले सुरु गरेको कार्यलाई गाउँपालिकाले समेत सहयोग गर्ने भएको छ । वडा कार्यालयले सहयोगका लागि अनुरोध गरेको र स्थानीय समेतको अनुरोध पछी गाउँपालिकाले उक्त स्थानीयको कार्यमा सहयोग गर्ने भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया