नेपालगन्ज : नेपालगन्जमा नेपाली काँग्रेसले सरकारको कामकाजको बिरुद्धमा प्रदर्शन गरेको छ ।
सोमबार बाँके सहित देशभर नै कांग्रेसले सरकारको बिरुद्धमा प्रदर्शन गर्ने क्रममा नेपालगन्जमा पनि सरकार बिरुद्ध प्रदर्शन गरेको हो ।
काँग्रेस पार्टी कार्यालय नेपालगन्जबाट सुरु भएको सरकार बिरुद्धको बिरोध प्रदर्शन र्याली वि.पि.चोक, धम्बोजी चोक, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन अगाडी पुगेर प्रर्दशन गरेको थियो ।

प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेसले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेस प्रदर्शनमा उत्रनुपरेको युथ कांग्रेस नेपाल बाँकेका सचिव उत्सव सिजाली मगरले बताए ।
काँग्रेसले देशभरबाट एकैसाथ देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको र मंसिर १७ गते प्रहरीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको प्रवृत्तिविरूद्ध आन्दोलन सुरु गरेको कांग्रेसले बताएको छ । नेपालगन्जको बिरोध प्रदर्शनमा नेपाली कांग्रेस र त्यसको भातृ संगठनका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको थियो ।












