थियटर माग्दै नेपालगन्जमा प्रदर्शन

नेपालगंज : बुधबार नेपालगन्जमा थियटर हुनु पर्ने भन्दै धर्ना दिएका छन् । कलाकारहरुले थियटर चाहियो भन्दै नेपालगन्जको बिपी चोक र नेपालगंज उपमहानगरपालिकामा पुगेर प्रदर्शन गरेका हुन् ।

कलाकारहरुले बुधबार विपीचोक र नेपालगन्ज उपमहानगरपालिका प्राङ्गणमा थियटर स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । कलाकारहरुले नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणालाई भेटेका थिए ।

हालै नेपालगन्जमा कलाकारहरुका लागि अभिनय प्रशिक्षण कार्यशाला पनि आयोजना गरिएको थियो ।

फोटो सौजन्य :सैलेन्द्र गौतम

प्रतिक्रिया