इसेतोखरीका प्रधान सम्पादक न्यौपाने सम्मानित

नेपालगन्ज : इसेतोखरी डटकमका प्रधान सम्पादक कमल न्यौपाने सम्मानित भएका छन् । नागरिक समाज डटकमले बिहीवार आफ्नो पहिलो वार्षिकोत्सबको अवसर पारेर बिगत दुई दशक भन्दा बढी समय देखि निरन्तर ‘अपराध, सुशासन ,भ्रस्टाचार र खोज तथा अनुसन्धान मुलक पत्रकारिता’ को बिकासमा पुराएको योगदानको कदर गर्दै प्रदान सम्पादक न्यौपानेलाई कदर पत्रले सम्मान गरेको हो ।

त्यस्तै वार्षिकोत्सबको अवसरमा त्यस्तै लागू पदार्थ सेवनको विरुद्धमा कार्य गर्दै समाज सुधारको कार्यमा पुर्याएको योगदानको कदर गर्दै चेन्ज टिम बाँकेका अध्यक्ष प्रबिन बिसी , समाजसेवी तथा सन नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रबन्धक कलम शाही, महालक्ष्मी विकास वैंक नेपालगन्जका प्रमुख कोमल विष्ट, हेमन्त शाही र निन्जा इन्फोसिस प्रालि, कुखुरा विकास फार्म खजुरा बाँकेका प्रबन्धक डा. शंकर न्यौपाने , भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालगन्जका प्रमुख कमला अधिकारी, जन जागरण समाज बाँकेका कार्यकारी ब्यवस्थापक राम बहादुर पुन, इश्वर सुवेदि , विनोद तिवारी , सुवास न्यौपानेलाई नागरिक समाजले सम्मान गरेको थियो ।

नागरिक समाजले आफ्नो वार्षिकोत्सबको अवसर पारेर नागरिक समाज मोबाइल एपको समेत सुरुवात गरेको छ ।

प्रतिक्रिया