व्यापारीको चुनाव सकियो, मतगणना भोली

नेपालगन्ज :

व्यापारीको चुनाव सकियो, मतगणना भोली

नेपालगञ्ज उद्योग बाणीज्य संघको आज भएको निर्वाचन शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ ।

भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे साँझ ५ वजेसम्म चलेको मतदानमा २ हजार ९ सय १९ जनाले मतदान गरेका थिए । संघमा ३ हजार ५० मतदातामा ९५.७० प्रतिशत मत खसेको हो ।

मतदान शान्तिपुर्ण र सहज वातावरणमा सम्पन्न गरीएको सहायक निर्वाचन अधिकृत शान्ता पोख्रेलले जानकारी दिए ।

निर्वाचनका लागी १२ वटा बुथ राख्नुका साथै सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । मतगणना भोली विहान ९ वजे गर्ने पोखरेलले जानकारी दिए ।

आगामी ३ वर्षे कार्यकालका लागी आज निर्वाचन भएको हो । निर्वाचनमा २ वटा प्यानल प्रतिष्पर्धामा छन् ।

साझा प्रजातान्त्रिक प्यानलबाट ललीत कुमार रौनियार नेतृत्वको समुह प्रतिष्पर्धामा उत्रिएको छ भने अव्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा साँझा समावेशी प्यानल रहेको छ ।

प्रतिक्रिया