नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणबाट निको हुने दर करिब ९५ प्रतिशत रहेको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले शनिबार जारी गरेको एक आकडा अनुसार बाँकेमा ९४ दशमलव ७१ प्रतिशत रिकभरी दर रहेको छ ।
त्यस्तै , जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन मानव नेपालीका अनुसार बाँकेमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । नेपालीका अनुसार बाँकेमा कोरोना संक्रमणको मृत्यु दर शून्य दशमलव ९६ प्रतिशत रहेको छ ।
जिल्लामा कोरोना पोजेटिभको जम्मा केस ४ हजार दुई सय ५३ पुगेको छ भने कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार २८ रहेको छ । फोकल पर्सन नेपालीका अनुसार आज मात्रै बाँके जिल्लामा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ६ महिला र १२ जना पुरुष रहेका छन् । आज नै बाँकेका २२ जना कोरोना संक्रमीत निको भै डिस्चार्ज भएका छन् ।












