नेपालगन्ज : जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले कोरोना फोकल पर्सन तोकेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको निर्णय अनुसार जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत मानव नेपालीले कोभिड १९ फोकल पर्सन तोकिएका हुन् ।
बाँकेमा अन्य जिल्लाहरुमा भन्दा कोरोना महामारीको सुचना अपडेट सुरुवाती समयदेखि अहिलेसम्म राम्रो भएको जानकारहरु बताएका छन् ।
बाँकेमा सुरुवाती दिनदेखि कोरोना संक्रमणको अपडेट नरेशबाबु श्रेष्ठले गर्दै आएका थिए । उनको बर्दिया जिल्लामा सरुवा भएपछि केही दिन तेज वलीले उक्त काम सम्हालेका थिए ।











