नेपालगन्ज : अर्थमन्त्रालयले दिएका दुई निर्देशनहरुलाई नटेरी बीमा कम्पनीहरुले आफ्नो मनपरि गरेको तथ्य बाहिर आएको छ । बीमा कम्पनीका कर्मचारीहरुले कोरोना संक्रमितको पहुँच र सेटिङका आधारमा कोरोना बीमाको रकम भुक्तानी गरेको खुलासा छताछुल्ल भएको छ ।
अहिले कोरोना बीमाको रकम नपाएका बीमितहरु आक्रोशित भएका छन् । एउटै बीमा कम्पनीमा पनि महिनौं दिन अघि सम्पूर्ण कागजात पेश गरेका बीमितले भन्दा महिनौपछि कोरोना संक्रमित भएर दावी पेश गरेकाले रकम पाइरहेका छन् यहाँ ठूलै बेइमानी भयो नाम नबताउने शर्तमा एकजना बीमितले नागरिक समाजलाई भने ।
यसभन्दा अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा कम्पनीहरुले कोरोना बीमा भुक्तानी दिन ढिला गरेमा कारबाही हुने बताएपनि उनको निर्देशनलाई बीमा कम्पनीले सिधै धोती लगाइदिएका छन् ।बीमा कम्पनीले सरकारले दिएको निर्देशन टेर्दैनन् कारबाही गरिदैन यहाँ शंकास्पद भयो कतै ठूलै सेटिङ्ग त भएको छैन् ? आफुले अशोजको पहिलो हप्तामा दावी पेश गरेको रकम अहिले चार महिनासम्म पनि नपाएको एक बीमितले बताए ।
केही बीमितहरुले आक्रोशित हुदै यस्तै पारा बीमा कम्पनीको रह्यो र बैलैमा भुक्तानी भएन भने बीमा कम्पनीमा तालाबन्दी देखि लिएर सडकमा आउने सम्मको काम गरिने बताएका छन् ।









