श्रीराम चिनी उद्योगले पहिलो चरणमा किसानको खातामा हाल्यो १६ करोड ४४ लाख

रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।

उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो ।

शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रकम ५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए । ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ,’ उनले भने, ‘हामीले निगरानी गरिरहेका छौं ।’

किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताइरहेको जनाउँदै डिआइजी सिंहले सम्पूर्ण हिसाब फर्छ्योट नभएसम्म आफूहरुले निगरानी गरिराख्ने बताए ।

प्रतिक्रिया