क्याम्पसका उप प्राध्यापकले सुरु गरे बट्टाई पालन, होम डेलिभरीको समेत व्यवस्था

केपी घिमिरे, नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका बायोलोजी विषयमा उप प्राध्यापक रहनु भएका भेषराज चौधरीले अहिले शिक्षण पेसा संगसंगै बट्टाई पालन व्यवसाय सुरु गर्नु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ निवासी चौधरीले आफ्नै घरमा बट्टाई पालन सुरु गर्नु भएको छ । उहाँले अहिले २५० भन्दा बढी बट्टाई पाल्नु भएको र अहिले बिक्री गर्ने भइसकेका बताउनुभयो ।उहाँले आफ्नै हातले बट्टाईका चल्ला उत्पादन गर्न ह्याचरी मेसिन निर्माण गरि अहिले बट्टाईका अण्डा बच्चा उत्पादनका लागि राखेको बताउनुभयो ।

हाम्रो अनलाइनसंग कुरा गर्दै चौधरीले बट्टाईको माग काठमाडौंमा अधिक रहेको र यस क्षेत्रमा त्यसको फाइदाका बारेमा मानिसहरु जानकार नभएको हुदा माग कम रहेको बताउनुभयो । बट्टाईको मासु तथा अण्डामा धेरै रोगहरुसंग लड्ने क्षमता रहेको छ अझै नेपालगन्ज जस्तो जाडो समयमा यसको माग बढ्नु पर्नेमा यसको फाइदाका बारेमा सबैलाई थाहा नहुदा बिक्रीवितरण कम भइरहेको बताउनुभयो ।

उहाँले घरबाटै र केही सम्पर्कमा रहेका होटलमा डेलिभरी समेत गरिरहेको बताउदै अहिले अण्डाको मूल्य धेरै सङ्ख्यामा खरिद गर्नेलाई प्रति गोटा ८ रुपैयाँ र थोरै खरिद गर्नेलाई प्रति गोटा रु १० र बट्टाईको जोडीक‍ो रु ३५० र धेरै सङ्ख्यामा लैजानेलाई रु ३०० मा बिक्री गरेको बताउनु भयो ।

प्रतिक्रिया