नेपालगन्ज : असोज तेस्रो साता तिर नेपालगन्ज वडा प्रहरीको प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमान्डमा खटिएको प्रहरी टोलिले न्युरोड नेपालगन्जको केहि होटलमा छापा मारी अनैतिक कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिका पक्राउ गरे ।
त्यसबेला भर्खरै वडा प्रहरीको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक खड्काले आफू रहदाँसम्म यस्ता अनैतिक कार्य हुन नदिन हरदम प्रयास गर्ने बताएका थिए ।
तर त्यसपछि न त नेपालगन्जमा अर्को कुनै छापा हानियो नत कुनै अनैतिक कार्यमा पक्राउ परेको समाचार वा सुचना नै आयो । त्यसको बिपरित नेपालगन्जमा यौन धन्दा मौलाएको भन्ने आरोप आइरहेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर तिनका बासिन्दा नाम नखुलाउने सर्तमा बाँकेका विभिन्न स्थानमा यौन धन्दा हुने गरेको बताउछन् छन् ।
खजुरा रोडको नन्दनी मिल आसपासको क्षेत्रमा साझको समयमा यौन धन्दा हुने गर्छ , साझको समयमा उक्त स्थानमा यौन धन्दाको लागी मोलमोलाइ हुने गरेको उनी बताउछन् । रमाइलो कुरा के छ भने उक्त स्थान जिल्ला प्रहरी कार्यलय देखि नजिक रहेको छ ।
उसो त बाँकेमा यौन धन्दा मौलायको बताउने उनी पहिलो ब्यक्ति होइनन् , नेपालगन्ज वडा नम्बर २० राझाका एक स्थानिय नाम नबताउने भन्दै राझामा समेत यौन धन्दा मौलाइ रहेको जिकिर गरे ।
सुर्खेत रोड राझा चोक नजिक रहेको पेट्रोल पम्पको आसपासका केही साना होटेलमा त्यस्ता धन्दा हुने उनी बताउछन् ।
बाँकेमा बिगत लामो समय देखी पत्रकारिता पेशा गर्दै आएका इसेतोखरी डटकमका प्रधान सम्पादक समेत रहेका कमल न्यौपानेले प्रहरीकै सेटिङ्ममा यौन धन्दा मौलाएको बताएका छन् ।
प्रधान सम्पादक न्यौपानेका अनुसार बाँकेका नेपालगन्ज र कोहलपुरका क्षेत्रमा प्रहरीकै संरक्षणमा यौन धन्दा चलिरहेको छ । नेपालगन्जका बसपार्क, न्युरोड , खजुरा रोडका क्षेत्रमा यौन धन्दा मौलाउदै गएको छ भने प्रहरी तथा सरोकारवाला निकाय उदासिन रहेकोले प्रहरीकै संरक्षणमा त्यस्ता धन्दा मौलाउदै गएको पुष्टि गर्ने सम्पादक न्यौपानेले बताए ।
यौन धन्दा संगै नेपालगन्जमा महिला लागूऔषध प्रयोगकर्ता लागू औषध सेवनको लागी देहब्यापारमा लाग्ने गरेको र उसको पार्टनरले नै त्यस्तो पेशामा छिराउने गरेको तथ्य समेत बाहिर आएको छ ।
नेपालगन्जमा लागू औषध प्रयोगको दलदलमा फसेका युवतीहरु समेत यौन पेशामा आवद्ध भैदिदा उनिहरुमा रहेको रोगको संक्रमण फैलन सक्ने भन्दै विभिन्न समयमा त्यस संग सम्बन्धी कार्य गर्ने संस्थाहरुले चासो र चिन्ता व्यक्त गर्दै आएका छन् ।











