डान्सिङ्ग विथ द स्टार्सको उपादि कसले जित्ला ?

काठमाडौं : चर्चित रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको ग्राण्ड फाइनल आज हुँदै छ।

हिमालय एजडी टेलिभिजनबाट आज साँझ ७:१० मा उक्त शो को अन्तिम प्रतिस्पर्धा आज हुन लागेको हो।

बुद्ध लामा र केबिका खत्री, सुमी मोक्तान र बिजु पार्की तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडी डान्सिङ्ग विथ द स्टार्सको फाइनलमा पुगेको छ।

यि ३ जोडीमध्ये दर्शकको भोटका आधारमा एक जोडी विजेता बन्ने छ। आईएमई एप्समार्फत बेलुकी आठ बजेसम्म नै भोटिङ्ग गर्न सकिने छ। बिजेता जोडीले २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन।

नेपालको अग्रणी बिजनेस ग्रुप आईएमईले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने पावर्डबाई स्पोन्सरमा एनएमबी बैंक र गोदरेज नम्बर वान तथा को–स्पोन्सर्डमा भाया नेट र इलोइस हेयर रिमुभिङ्ग क्रिम छन्।

प्रतिक्रिया