बाँकेका कोरोना बीमा रकम भुक्तानी नपाउने पीडित आन्दोलनको तयारीमा

नेपालगन्ज : सरकार र बीमा समितिले बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परिक्षण प्रतिबेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बिमाङक रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई एक हप्ता भित्र भुक्तानी गर्न  निर्देशन दिएको थियो ।

तर बीमा समिती र सरकारले दिएको निर्देशनलाई लत्याउदै बीमा रकम भुक्तानी गर्न अटेरी गर्दै आएका बीमा कम्पनीहरु बिरुद्ध बाँकेका कोरोना बीमा रकम भुक्तानी नपाएका पिडितहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

कोरोना संक्रमण भएर आवश्यक कागजपत्र सहित कोरोना बीमा भुक्तानी दाबी गरेको तीन चार महिना बितिसक्दा पनि कोरोना बीमाको रकम भुक्तानी नपाए पछि बाँकेका कोरोना बिमितहरु आक्रोशित बनेका छन ।

पहुँच र सेटिङको आधारमा रकम भुक्तानी गरिरहेको गुनासो आएको बेला सोझासाझाले रकम भुक्तानी पाउने कुरामा आशंका रहेको भन्दै रकम भुक्तानी सुनिस्चितताको लागी आन्दोलन गर्नै पर्ने परिस्थिति सृजना भएको र त्यसका लागी कोरोना बीमा रकम प्राप्त नगरेका पिडितहरु पहिचान गरि त्यसको लागि आगामी दिनको योजना बनाउदै गरेको एक पिडितले बताए ।

बाँकेमा धेरैले कोरोना बीमाको रकम प्राप्त गरेका छैनन् , पहुँच र सेटिङ नहुने हो भने कोरोना बीमाको रकम भुक्तान हुन्छ भन्ने बिश्वास मर्दै गएकोले सामाजिक संजालमा आक्रोश पोख्दै आएका बाँकेका कोरोना बीमाको रकम प्राप्त नगरेका पिडितहरु आगामी रणनीतिका लागी भेला सम्मको योजनामा रहेको बुझिएको छ ।

भेला र समाजिक संजालमा जोडिएर आन्दोल र बीमा कम्पनीका बाँके स्थिति कार्यालयमा तालाबन्दी गर्ने सम्मको योजना बन्दै छ, एक जना पीडितले बताए ।

प्रतिक्रिया