सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोगका लागी तालिम

कोहलपुर : सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोग गर्नु पर्ने कोहलपुर नगरपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा कोहलपुर नगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरी क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको क्रममा सो कुरा बताएका हुन् ।उक्त तालिममा कोहलपुर नगरपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो ।

उक्त  प्राविधिक तालिमका प्रशिक्षक तिलक गाहा मगरले कम्प्युटरका आधारभुत जानकारी साथै सामाजिक संजालबाट कसरी सुरक्षित रहने र साईबर कानुन, साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक संजालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए ।

त्यसै गरि स्याक नेपालका लसिना वलीले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । कोभिडबाट सुरक्षित हुनको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो ।

कोहलपुर नगरपालिकामा गठित किशोरी क्लबका दिप्ति सुनारले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसै गरि अर्का सहभागी प्रतिक्षा वलिले सामाजिक संजाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बताइन् ।

यसै गरि उक्त तालिमको उदघाटन समारोहमा उपस्थित रहेका कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष नैन बहादुर शाहि, कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष ओम प्रकाश वली र विधेयक समिति अध्यक्ष तथा कार्यपालिका सदस्य भिम ब‍‍. नेपालीले पनि कोहलपुर नगरपालिकाका सबै वडाहरुमा बाल बिवाह न्युनिकरण गर्दै बाल बिवाह मुक्त वडा घोषणा गर्नको लागी आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता गरेका छन् ।

बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया