संसद विघटनको बिरुद्धमा कोहलपुरमा समेत प्रदर्शन (फोटो)

नेपालगन्ज : संसद विघटनपछि त्यसको बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले कोहलपुरमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलिले लोकतान्त्रिकको चिरहरण गरेको र संविधानको धज्जी उडाएको भन्दै नेकपा कार्यकर्ताले कोहलपुरको चौराहमा प्रदर्शन गरेका हुन् ।

बाकेको नेपालगन्जमा पनि संसद विघटनको बिरुद्धमा प्रदर्शन जारी छ । नेकपाका ओलि गुट बाहेकका प्रदर्शनमा सहभागी रहेका छन् ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने भन्दै विद्यार्थी तथा युवा संगठन ले चेतावनी दिएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेकोे भन्दै आफूहरु आन्दोलनमा उत्रिएको प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ता बताउछन् ।
हेर्नुस तस्वीर

प्रतिक्रिया