खजुरा : लुम्बिनी प्रदेश अन्तर्गत रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा, बाँके परिसरमा केही बर्ष अगाडिको बाझो जमीन अहिले त पुरै हरियाली भयको रहेछ, राज गिरीले फेसबुक हेरेरै प्रशंसा गरे कमेन्ट गर्दै लेख्छन् । हुन् पनि राज गिरीले लेखेको जस्तै हरियाली भएको छ बाझो जमिन ।
गर्न चाहे सबै सम्भब छ भनेर देखाउन सफल भएको छ तालिम केन्द्र । तालिम केन्द्रका निमित्त प्रमुख अमरराज शर्मा घिमिरे पहिले आफुले केहि गरेर देखाउन सके मात्र तालिम लिन आउने प्रदेशका सहभागीलाई सिकाउँन सहज हुने, विस्वास दिलाउन सकिने बताउछन ।

कार्यालयको कृषि प्रविधि प्रदर्शन स्थलमा उत्पादन भैरहेका बन्दा, काउली, केराउ, प्युठाने रातो मुला, राजमा, टमाटर र ब्रो-काउलीले कर्मचारीहरुलाई पनि बिजी बनाएको छ । तालिम केन्द्रमा उत्पादन हुने तरकारी सस्तो मूल्यमा खरिद पनि पनि गर्न सकिने गरि बिक्रि गरीयको केन्द्रले जनाएको छ। सिक्न चाहनेकालागी उपउक्त स्थान बनेको छ कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा ।

बन्जर जमिनमा पनि मेहेनत गरे उत्पादन राम्रो गर्न सकिन्छ भन्ने उदाहरण देख्न सकिन्छ तालिम केन्द्रमा । लुम्बिनी प्रदेशका किसानहरुलाई तालिम केन्द्रले बिभिन्न किसिमका कृषि सम्बन्धि सिप प्रदान गर्दै आइरहेको छ ।











