संसद विघटनको विरोधमा जसपाद्वारा नेपालगंज र वीरगञ्जमा प्रदर्शन

नेपालगंज : संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले नेपालगंज संगै वीरञ्जमा प्रदर्शन गरेको छ । असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी तरिकाले प्रतिनिधि सभा विघटन भएको भन्दै जसपाले नेपालगंज लगायत देशको अन्य शहरमा विरोध प्रदर्शन गरेको हो ।

नेपालगन्जको एमपी स्कुल देखि सुरु गरिएको बिरोध र्‍याली रानी तलाब भएर त्रिभुवन चोक हुँदै बिपि चोकमा समापन भएको थियो । र्‍यालीमा पार्टीका नेता सम्सुल हक राई राजन राना मगर, अम्बिका काफ्ले, बेबि तबस्सुम, रमारानी वैश्य, फैज हैदर, माजिद अलि शेष, लगायत पार्टीका नेता कार्यकर्ताको सहभागी थियो ।

बिरोध प्रदर्शनमा बोल्दै जसपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाउनुभएको छ ।

त्यस्तै बिरगंजको घण्टाघरबाट सुरु गरिएको विरोध प्रदर्शन माईस्थान, आदर्शनगर हुँदै बजार परिक्रमापछि पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीले असंवैधानिक अलोकतान्त्रिक कदम खारेज गर, रेशम चौधरीलाई रिहा गर, संसद पुर्नस्थापना गर, केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतका नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया