युवा शान्ति संजालका युवाहरुलाई दुई दिने तालिम सुरु

खजुरा : बाँकेको खजुरा र जानकी गाउँपालिकाका युवा शान्ति सन्जालका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम दिन शुरु भएको छ ।

जन जागरण समाज खजुरा,बाँकेको आयोजनामा दिगो विकासको लागी सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त युवा शान्ति सन्जालका ३० जना युवाहरुलाई दुई दिने तालिम दिन सुरु गरेको हो ।

आज बुधबार बाट शुरु भएको तालिममा सहभागि युवाहरुलाई द्धन्द भनेको के हो ? समुदायमा देखिएका विद्यमान समस्या र सवाल समाधानका लागी अपनाउन थालिएका प्रयास, युवा तथा युवा शान्ति सन्जालको काम कर्तव्य र अधिकार लगाएतका विषयमा तालिममा सिप प्रदान गरिने जन जागरण समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिनुभयो ।

सामुदायिक शान्ति र सदभाव लाई बाधा पुराउने गतिविधिलाई रोकथाम गर्न तालिममा सहभागि युवा शान्ति सन्जालका पदाधिकारीहरुले महत्वपुर्ण भुमिका खेल्ने जन जागरण समाजका कार्यकारी व्यवस्थापक पुनले बताउनुभयो ।

तालिममा जन जागरण समाजका कर्मचारी सहित अधिबक्ता तथा शान्ति अभियान्ता भानुभक्त रिजालले सहजिकरण गरिरहनुभएको छ । तालिम भोलि सम्म चल्नेछ ।

प्रतिक्रिया