बाँके प्रहरीद्वारा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको १ लाख बढिको बिउ बरामद

नेपालगन्ज : भारतबाट भन्सार छली अबैध रुपमा भित्रदै गरेको बिउबिजन बाँके प्रहरीले बरामद गरेको छ ।

बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. १ को बाटो हुँदै केही मानिसहरुले भारतबाट अबैध रुपमा भन्सार छली बिउ ल्याउन लागीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलिले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा एक लाख एक हजार सात सय पचास रुपैयाँ बराबरको बीउ बिजन सहित एक ब्यक्ति पक्राउ गरेको हो ।

जानकी गाउँपालिका वडा नम्बर एक बस्ने मिथलेस लोधले साइकलमा ल्याउदै गरेको ९८६ पत्ता काक्राको बिउ, ६७३ पत्ता लौकाको बिउ र ९१ पत्ता फर्सिको बीउ प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया