बाँकेमा कोरोना बीमा भुक्तानी: पहुँचवालालाई ढोकामै पुग्छ चेक, सर्वसाधारणको अझै अन्यौल

नेपालगन्ज :  बाँकेमा कोरोना बीमाको भुक्तानि दिन बीमा कम्पनिले मनोमानि गर्दै आएको पाइएको छ । सरकार र बीमा समितिले तोकेको समयमा पिडितलाई कोरोना बीमाको  भुक्तानी नदिएर महिनौ झुलाउने गर्दा कोरोना बीमा गरेकाहरु रुष्ट भएका छन ।

सरकार र बीमा समितिले बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परिक्षण प्रतिबेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बिमाङक रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई एक हप्ता भित्र भुक्तानी गर्न  निर्देशन दिएको थियो ।

राष्ट्रिय बीमा कम्पनि लिमिटेड नेपालगन्जका प्रमुखले जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाको बढैयाताल गाउँपालिकाको कर्मचारीलाई  कोरोना बीमा दावि रकम कार्यालयमै पुगेर प्रदान गर्दै फोटो फेसबुकमा पोष्ट गरेपछि झनै बीमा भुक्तानीमा पहुँच पुग्नुपर्ने रहेछ भन्ने सर्वसाधारणमा सन्देश पुगेको पाइएको छ ।

सर्वसाधारणले पहुँचवालाहरुलाई घर, कार्यालयमै पुगेर बीमा कम्पनिले भुक्तानी दिने तर पहुँच नभएकाहरुलाई महिनौसम्म झुलाउने गरेकै कारण आफ्नो बिमा अहिलेसम्म नआएको भन्ने अनुमान गरि रुष्ट बनेका छन् । सो को  कारण बीमा कम्पनिप्रति विस्वास घट्दै गएको हो  बताउने गर्छन् ।

उसो त सर्वसाधारण मात्रै होइनन् नेपालगन्जको एक निर्जिबन बीमा कम्पनीका प्रमुखले समेत उक्त कार्य गर्नै नहुने र जनताले बीमा रकम प्राप्त नगरेर रुष्ट बनेको अवस्थामा त्यो फेसबुकको पोस्टले सर्वसाधारणमा गलत संदेश गएको बताए ।

कोरोना संक्रमण भएर ठिक भएको दुई तीन महिना पुग्दा सम्म पनि बीमा रकम भुक्तानी नहुदा बाँकेका कोरोना बीमाको रकम भुक्तानी नपाएकाहरु आन्दोलन गर्ने सम्मको तयारी गरेका थिए । जुन समाचार नागरिक समाजले प्राथमिकताका साथ लेखेको थियो । उक्त आन्दोलन गर्ने आसयमा प्रकाशित समाचारको केही दिनपछी नेपालगन्जको राष्ट्रिय विमा कम्पनि लिमिटेडले कोरोना बीमाको रकम भुक्तानी गरेको खबर आएको थियो ।

कोरोना बीमा दावि गर्नेहरुलाई सहजरुपमा भुक्तानी दिन बीमा कम्पनिले चासो नदिएको पिडितहरु बताउछन् तर उता सरकार र बीमा समितिले भनेको तोकेको समयमा पनि भुक्तानी नदिने र भुक्तानी दिन नसक्ने स्पष्टीकरण पनि दिन नसक्ने बाँकेका निर्जिवन बीमा कम्पनीहरुले पहुँचवालाई भने रकम भुक्तानी दिइसकेको रकम भुक्तानी नपाएकाहरु बताउने गर्छन् ।

उता बीमा कम्पनिले भने पहिले जति ढिला भएपनि अबका दिनमा त्यस्तो ढिला सुस्ती नहुने र छिटो बीमा दावि रकम भुक्तानी गरिने जनाएको छ । कम्पनिका प्रमुखले बुधबार आफ्नो फेसबुक मार्फत ढिला भएको भन्दै क्षमा मागेको थियो । कम्पनिले आगामि दिनमा ढिला नहुन सक्रिय भएर काम गर्ने र जनताको गुनासोलाई मध्यनजर गर्दै छरितो सेवा प्रदान गर्न सम्पुर्ण कर्मचारीलाई खटाइएको उल्लेख गरेको छ । हिजो बुधबार मात्रै ५० जना कोरोना बीमा दावि रकम भुक्तानी गरिएको राष्ट्रिय बीमा कम्पनि लिमिटेड नेपालगन्जका प्रमुख नवीन शर्मा पौडेलले आफ्नो फेसबुकमा जनाएका छन् भने बिहिवार समेत ३० जनाको बिमा रकम भुक्तानी दिएको उनले सामाजिक संजालमा लेखेका छन् । फोटो : नवीन शर्मा पौडेलको फेसबुकबाट

प्रतिक्रिया