अन्य जिल्लामा पार्टी कार्यालय कब्जा हुँदा नेपालगन्जमा भने सुनसान !

नेपालगन्ज : प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरे संगै फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल-प्रचण्ड गुट र ओलि गुटका नेता तथा कार्यकर्ताले केहि जिल्ला तहका कार्यालयहरु कब्जा गर्ने होडबाजी चलेको बेला बाँकेको नेपालगन्जमा रहेको नेकपा बाँकेको पार्टी कार्यालयमा भने दृश्य फरक रहेको छ ।

फुट अगाडि अक्सर चहलपहल हुने पार्टी कार्यालय अहिले भने सुनसान जस्तै बनेको छ । प्रधानमन्त्री केपि ओलिले संसद विघटन गरेको दोस्रो दिन सम्म दुबै पक्षका कार्यकर्ताहरुले पार्टी कार्यलय आसपास डिउटी दिएर बसेका थिए ।

तर बाँकेमा पछिल्लो समय कुन गुटमा जाने र कुन गुटमा आफ्नो अस्तित्व रहन्छ भनी विश्लेषण गर्दै गर्दा कुनै पनि गुटमा खुलेर लाग्न नचाहेकै कारण अन्य जिल्लामा जस्तो बाँकेमा माहोल नरहेको नेकपा बाँकेका  एक कार्यकर्ताले बताए ।

अहिले नै कता जाने भनेर भन्न सकिने स्थिति छैन, पार्टी फुटको संघारमा रहेको बेला जिल्लामा कुन गुट हाबी रहन्छ र आफ्ना माथिल्ला नेताहरु कता लाग्छन् भनेर कुर्नुको अर्को विकल्प नरहेकोले अहिले नै यस्तै भनेर लाग्न नसकिने उनले बताए ।

बाँकेमा पार्टी फुटको अगाडी माधव नेपाल समूह बलियो देखिए पनि हाल आएर माहोल त्यस्तो नरहेको बताउछन ओलि गुटका केही नेताहरु ।

प्रतिक्रिया