बाँकेमा तेस्रो स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना

नरैनापुर : नरैनापुर गाउँपालिकामा स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना गरिएको छ ।

विपद्को सूचना आदान प्रदान गर्न र उद्धार तथा राहतको कार्यलाई प्रभावकारी तरिकाबाट संचालन गर्ने अभिप्रयाले उक्त केन्द्र स्थापना भएको हो ।

नेपाल रेडक्रस सोसाइटी र विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा नरैनापुर गाउँपालिकामा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वसूचना कार्यक्रमको सहयोगमा स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना गरिएकोे हो ।

यस कार्यक्रमद्धारा आपत्कालिन कार्यसंचालन केन्द्रलाई आवश्यक पर्ने उपकरणहरु कम्प्यूटर, प्रिन्टर, स्मार्ट टि.भी., पावर व्याकप, स्टेचर, टेन्ट, लाइफ ज्याकेट लगायतका सामग्री करीव ६ लाख वरावरको सामग्री हस्तान्तरण गरिएको छ ।

नरैनापुर गाउँपालिका प्रमुख इस्तीयाक अहमद शाहले रिवनकाटी स्थानीय आपत्कालीन कार्य संचालन केन्द्रको उद्घाटन गर्नु भएको थियो । प्रमुख शाहले यस केन्द्रको सहायताले पालिकामा हुने विपद्का सूचनाहरु तत्काल सरोकार निकायहरु सम्म पुर्याउन मदत गर्ने बताउनु भयो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुङ्गवाङले बाँकेको नरैनापुर विपद्को उच्च जोखिममा रहेको गाँउपालिका रहेको र आगामी दिनहरुमा यस पालिकाहरुबाट २४ सै घण्टा विपद्का सूचनाहरु जिल्लामा रहेका जिल्ला आपत्कालिन कार्यसंचालन केन्द्र सम्म छिटो छरितो तरिकाबाट पुग्नेमा आफु आशाबादी रहेको वताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाले यो बाँके जिल्लाको तेस्रो स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना भएको कुरा उल्लेख गर्दे आगामी दिनमा सवै स्थानिय तहले केन्द्र स्थापना गर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिदै प्रमुख जिल्ला अधिकारी मार्फत सवै स्थानिय तहमा केन्द्र स्थापनाको लागि समन्वय गरिदिन अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा कार्यक्रमको उदेश्यको वारेमा बाँके रेडक्रसका वरिष्ठ जिल्ला शाखा अधिकृत दोलख वहादुर डाँगीले प्रकाश पार्नुभएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक ओम बहादुर राना, सशस्त्र प्रहरी उपरिक्षक अशोक बम, राष्ट्रिय अनुसंधानका उपनिर्देशक नरेन्द्र राज गिरी, नेरेसो बाँकेका मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तव, बाँकेका डिएफओ राजु क्षेत्री, , डि.इ.ओ.सि.का प्रमुख गौरीलाल वुढाथोकी, नि. प्रमुख प्रशासकीय अधिकृत विजय यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रशासन शाखा प्रमुख भरत महतोले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन नेरेसो बाँकेका कार्यक्रम अधिकृत झविलाल शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया