सागर लम्साल ‘बले’को अभिनयमा “लाइदेउ माया” सार्बजनिक

अहिलेका चर्चित गाएक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारी को सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया “करुणा कंडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत सार्वजनिक गरिएको छ |

यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपानेले गर्नु भएको छ | गीतमा प्रखर अभिनयले खारिएका कलाकार सागर लम्साल ’बले ’ र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको रहेको छ | यस म्युजिक भिडियोको निर्देसन र सम्पादन शक्ती प्रजोल घिमिरे गर्नु भएको छ भने कथा तथा कोरियोग्राफर प्रबिन थापाको रहेको छ | यस म्युजिक भिडियो लाई छायान्कन नमराज घिमिरेले गर्नु भएको हो |

पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा एस गीत मार्फत प्रेम जोडीको रुपमा देखा पर्नु भएको छ | निर्माण पक्ष ले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ ।

प्रतिक्रिया