नेपालगन्जको रंगिन रात : यौनको मोलमोलाई र यौनकर्मीको पीडा

रामु ओली/ नेपालगन्ज : घर कैलाली , नाम रबिना लामा ( नाम परिवर्तन) एक बर्ष अगाडी सम उनको दैनिकी कोठा देखि कलेज र कलेज देखि कोठा अनि पढाइ र कहिलेकाहीँ साथिहरु संगको रमाइलोमै बित्थ्यो । मध्यम बर्गका रबिनाको अभिभावकलाई उनको शिक्षाको चिन्ताले गर्दा अध्यनका लागि नेपालगन्ज आएर पढ्न अनुमती दिए ।

उनी नेपालगन्ज आएको करिब ३ बर्ष बित्यो ,  नेपालगन्ज आएर अध्यनका लागि नेपालगन्जको एउटा कलेजमा ब्याचुलरको लागि भर्ना भएका उनको हालको दैनिकीले भने नाटकिय परिवर्तन गरेको छ ।
नेपालगन्ज आएको केही समयमा प्रेम अनि वियोगान्त संगै उनको दैनिकिले अहिले यौन ब्यवसायीको रुपमा बित्दै गरेको छ ।

लागू औषध प्रयोगकर्ता केटा साथिले क्रमिक रुपमा आफुलाई लागू औषध प्रयोग गर्न प्रेरित गरेको बताउने उनि हाल लागु औषध प्रयोगकै लागि यौन धन्दा जस्तो घृणित कार्यमा होमिनु परेको बताउछन् ।

यो दुनियाँ कति अन्धकार छ, त्यो मलाइ नै थाहा छ, तर मेरो बाध्यता जस्तै बन्यो चाहेर पनि यो दुनियाँ देखी बाहिर निस्कन नै सकेको छैन । रङ्गिन दुनियाँको कालो अन्धकारमा बाचेको मेरो आफ्नै बाध्यता छन् जो मेरै कमजोरीले यहाँ सम्म पुगे , उनले बताइन् ।

अध्यनका लागी नेपालगन्ज आएकी उनी एक्लो यौनकर्मी होइनन् , उनी जस्तै अध्ययन गर्ने दर्जनौं कलेज विद्यार्थीहरु यौनकर्मी बनेका छन् । कतिले आर्थिक भारको पिडाले यौनकर्मी बनेका छन् भने कति लागु औषधको दलदलमा फसेर ।

साथिहरुको हाइफाइ जीवन शैली, महँगो ग्याजेट तथा महँगो मोबाइलको चाहना, साथिहरुको हलहलै जस्ता विभिन्न कारणले यौनकर्मिको रुपमा कलेज बिद्यार्थीहरु यो धन्दामा फस्दै गएको र हाल आएर लागु औषध प्रयोग गर्नका लागि आवश्यक पैसा जोहो गर्नलाई समेत यौनकर्मिको रुपमा महिलाहरू कार्य गर्ने गरेको लागू औषध प्रयोगको बिरुद्ध कार्य गर्दै आएको बाँकेका केही संस्थाले बताउदै आएका छन् , जसको चिन्ताजनक आकडा रहने उनिहरुको अनुमान छ ।

बाँकेमा नेपालगन्जका विभिन्न स्थानहरु न्युरोडको केही स्थान, बसपार्क रोड आसपास, खजुरा रोड नन्दनिमिल छेउछाउ, कारकादो चोक देखि केही भित्रको स्थान, राझा चोक आसपास जस्ता स्थानमा सहजै रुपमा यौन धन्दा हुने गर्दछ । ठुला होटेल तथा साना होटेल तथा नास्ता पसल बाट यौनकर्मीहरुको सेटिङ हुने गर्दै आएको छ ।

बेलाबेला प्रहरी छापा हानेर यौनकर्मी र होटेल संचालक समेत पक्राउ गरेको सुचना र समाचार आएपनी त्यो देखावटी र चर्चा कमाउने माध्यम मात्र भएको बताउछन्, नेपालगन्जमा लामो समय देखि पत्रकारिता गर्दै आएका इसेतोखरीका प्रधानसम्पादक कमल न्यौपाने ।

नेपालगन्जका साना देखि तारे होटेल सम्ममा यौन धन्दाको सेटिङ हुने गरेको छ तर कहिलेकाहीँको प्रहरीको एक्सनमा साना होटेलहरु पर्ने गर्छ तर अक्सर ठुला होटेलका यौन धन्दाहरु बाहिरिदैन । तर ठुला होटेलका यौन धन्दा र काण्ड नबाहिरिएको भने होइनन् । बेलाबखत लैसाको बार्गेनिङमा कुरा नमिल्दा त्यस्ता काण्डहरु प्रहरी सम्म पनि पुगेका छन् जसमा ठुला ब्यवसायी, उच्च ओहोदाका कर्मचारी तथा भारतिय नागरिकहरु समेत परेका छन् ।

ठुला होटेलमा दैनिक जसो हुने यौनको मोलमोलाइ साधारण भएको बताउछन् नेपालगन्जको एक ठूलो होटेलमा काम गर्ने कर्मचारी । ठुला होटेलमा हुने यौनको मोलमोलाइमा नत प्रहरीको हस्तक्षेप हुन्छ नत छापा पर्ने डर त्यसैले आजभोलि ठुला होटेलमा यस्ता क्रियाकलाप धेरै हुने गरेको उनले जिकिर गरे ।

परिचय गोप्य राख्ने सर्तमा उनले नागरिक समाजकर्मी संग कुरा गर्दै, नेपालगन्जमा यौनकर्मीहर्ह नेपालगन्ज लगायत अन्य जिल्लाका समेत रहेको बताए । ठुला होटेलमा यौनकर्मीहरु पाल्पा र बुटवल अनि चितवन सम्मका छन् , जो केही महिना बसेर फेरि अर्को शहरमा जान्छन् , उनिहरुको ठूलो नेटवर्क नै हुन्छ । उनले बताए ।

प्रतिक्रिया