मन्टेश्वरी एशोसियसन बाँकेका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

नेपालगन्ज : मारिया मन्टेश्वरीको अवधारणालाई आत्मसात गर्दै नेपालमा पनि थुप्रै मन्टेश्वरी खुलेका छन् । बाँके जिल्लामा रहेको मन्टेश्वरी एशोसियसन बाँकेको प्रथम साधारणसभा मंसिर २७ गते सम्पन्न भएको थियोे ।

आज उक्त नवनिर्वाचित पदाधिकारीलाई सपथ खुवाउने कार्यक्रम आज सम्पन्न भएको हो । मंसिर २७ गतेको प्रथम साधारणसभाबाट निर्वाचन मण्डल गठन गरि सर्वसम्मतिले पदाधिकारीहरु चयन गरिएको थियोे ।

उक्त अधिवेशनको मुख्य निर्वाचन अधिकृत पुर्णलाल चुकेले नवनिर्वाचित अध्यक्ष लुना बुढाथोकीलाई सपथ ग्रहण गराए पश्चात अध्यक्षले अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएकाे कार्यक्रममा बासका निवर्तमान अध्यक्ष मन भण्डारी र बरिष्ठ पत्रकार पुर्णलाल चुकेले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

पत्रकार के. पी घिमिरेले सञ्चालन गर्नुभएकाे कार्यक्रममा समाजसेवी माेहन बस्नेत, समाजसेवी तथा साहित्यकार दिला शाह, बिमा व्यवसायी कमल शाही लगाएत १५ भन्दा बढि मन्टेश्वरी विद्यालय सञ्चालकहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया