नेपालगन्ज : पोखराबाट सरूवा भएर ६ महिना अघि बाँके आएका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको सक्रियतामा बाँके प्रहरीले दिनप्रति दिन सफलता हात पार्दै गरेको छ ।
तराईको ‘क’ वर्गको जिल्ला बाँकेमा ६ महिना यता प्रहरीले सफलता नै सफलता हासिल गर्दै आएको हो ।
रातदिन नागरिकको सुरक्षा र सेवामा खटिने एसपी रानाकै सक्रियता र योजनाअनुसार यतिबेला बाँकेमा लामो समयदेखि फरार रहेका प्रतिवादीहरू धमाधम पक्राउ परेका छन ।
कतिपयले पक्राउ पर्ने डरका कारण आफै अदालतमा आत्मसमपर्ण समेत गरेका छन । कतिपय पक्राउ पर्ने डरले गाउँ नै छाडेर भारततिर पलायन भैरहेका छन । यसले पनि गाउँमा शान्ति सुरक्षा बढेको छ । लुटपाट कुटपीट तथा अपराधजन्य गतिविधीमा रोकथाम भएको छ ।
बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार प्रतिवादी पक्राउ परेको एसपी राना बताउँछन । उकनाअनुसार एक सयबढीले अदालतमा आफै आत्मसमपर्ण गरेका छन । बाँकेमा आफू बस्दासम्म एक हजार जना यस्ता फरार प्रतिवादी पक्राउ गर्ने योजना रहेको उनी बताउँछन ।
उनकाअनुसार यसरी पक्राउ पर्ने फरार प्रतिवादीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपीट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाह लगायतका घटनामा संलग्न रहेका व्यक्ति छन । जसमा असारमा आठ, साउनमा ५६, भदौमा २ सय ७ जना पक्राउ परेका छन ।
प्रहरी सक्रियता र नागरिकको सहयोगबाट असोजमा ७०, कार्तिकमा ३, मंसिरमा ५२ र पुसमा १ जना विविध घटनामा संलग्न फरार प्रतिवादी पक्राउ परी कानूनी दायरामा ल्याइएका छन ।
पोखराबाट सरूवा भै नेपालगन्ज आउँदा एसपी रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडि सारेका थिए । जसमा उनले लागूऔषध, शान्ति सुरक्षा, आपराधिक गतिविधी नियन्त्रणलाई मुख्य प्राथमिकता देखाएका थिए । त्यसै अनुरूप अहिले बाँके प्रहरीले यी योजनामा सफलता हासिल गर्दै गएको छ ।
हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने काम कार्य योजनानुसार अहिले एसपी राना शनिबार पनि कार्यालयमा नागरिककै सेवामा लागि परेका छन ।
भारतसँगको खुल्ला सिमा नाका जोडिएको हुँदा हुनसक्ने सिमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रण गरिएको छ । बाँके प्हरी एसपी रानको सक्रियता र प्रयासमा यतिबेला नागरिकमुखी सेवा प्रवाहमा लागिरहेको देखिएको छ ।
फैसला कार्यान्वयनमा बाँके प्रहरी प्रदेश अन्तगर्तका जिल्ला प्रदेशमै सर्वोकृष्ट देखिएको छ । एसपी रानाको कमान्डमा रहेको बाँके प्रहरीले अपराधमा संलग्न ठूला मोष्ट वान्टेड अपराधीदेखि लिएर विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ ।
यसअघि एसपी राना जिल्लामा हाजिर भएको चार दिन भित्रै बिगत १० बर्ष पहिला सशस्त्र भूमिगत समूह तराई जनतन्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन धेरै अपराधमा संलग्न रही फरार रहेका मोष्ट वान्टेड डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भएको थियो ।











