बिराज र निकिताको फिल्म “साङ्लो” युटुबमा रिलिज (पूरा फिल्म)

काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म “साङ्लो” युटुबमा रिलिज भएको छ। एक्सन नायकको रुपमा आफ्नो पहिचान बनाएका नायक बिराज भट्टको डेब्यु निर्देशनमा बनेको फिल्म बिहीबार बुढासुब्ब युटुब च्यानलबाट रिलिज भएको हो।

बक्सअफिसमा औसत व्यापार गरेको फिल्म किड्नी तस्करीको कथामा आधारित छ। लामो समयपछि नेपाली फिल्म इन्डष्ट्रीमा कमब्याक भएका बिराजको निर्माणमा बनेको साङ्लोले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो। कमेडी र लभस्टोरी कथामा आधारित फिल्महरु चलिरहेको बेला बिराजले फरक कथावस्तु सहित एक्सनको स्वाद दर्शकमाझ प्रस्तुत गरेका थिए।

यसै फिल्मबाट पुर्व मिस नेपाल निकिता चाण्डकले पनि फिल्म नगरिमा डेब्यु गरेकी थिइन् । उनको कामलाई पनि औसत रुचाइएको थियो। फिल्ममा विराज र अभिनेत्री निकितासंगै जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ।

फिल्ममा शिवम अधिकारीको कथा , मानकृष्ण महर्जनको छायांकन , राजनराज शिवाकोटीको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ। फिल्ममा समावेश ‘चरिले काफल टिप्यो’ बोलको गीतले राम्रै लोकप्रियता पाएको थियो।

फिल्म बुढासुब्ब युटुब च्यानलमा हेर्न सकिन्छ

प्रतिक्रिया