नेपालगन्ज : आगलागीको समयमा हुनसक्ने क्षति कम गर्न र समयमै आगलागी नियन्त्रणमा ल्याउन दमकलको प्रयोग गरिने बिश्वब्यापी मान्यता भए पनि नेपालगन्जमा भने नगरको रुख-बिरुवामा सिचाई गर्न समेत प्रयोग गरिदै आएको छ ।
जुनसुकै बेलामा तयारि अवस्थामा रहनु पर्ने नेपालगन्ज उपमहानगरपालिकाको दमकल नेपालगन्ज नगर भित्र रहेको रुख-बिरुवामा सिचाइ गरिरहेको अवस्थामा देखिने गर्छ ।
आगलागी जस्ता भब्यतब्य कुनै पनि समय आउने र आगलागी नियन्त्रणमा गरिएको केही मिनेटको लापरबाही र ढिलासुस्तीले जन-धनको अनुमान गर्न नसकिने क्षति हुने भएकाले दमकल र वारुण यन्त्रको टिम सधै तयारी अवस्थामा रहनुपर्ने भएपनि नेपालगन्जमा भने त्यसो नभएको देख्न सकिन्छ ।
आगलागीको उच्च जोखिमको जिल्लाको रुपमा रहेको बाँके जिल्लामा दमकलको समेत अभाव रहेको छ । गएको तिहारमा नेपालगन्जमा एकै समयमा दुइ स्थानमा आगलागी हुँदा दमकलको अभाव भएकै कारण सद्भाव प्रेसमा लागेको आगो समयमै निभाउन नसक्दा ठुलो क्षती व्यहोर्न परेको थियो ।
त्यस समयमा बर्दियाको गुलरिया नगरपालिका र कोहलपुर नगरपालिकाको दमकल बोलाउनु परेको थियो ।













