खजुरालाई कृषिको ब्राण्ड बनाउन खोज्दैछौ – कक्षपति

खजुरा : खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाई कृषिको ब्राण्डका रुपमा अघि बढाउन लागीएको बताएका छन । कक्षपतिले खजुरामा रहेका सहकारीहरुले साथ दिए कृषिमा आधारित भएर अघि बढ्दै कृषि उत्पादनलाई बढाउन पालिकाले किसानलाई गर्नुपर्ने सहयोग गर्ने बताउदै कृषिलाई ब्राण्डको रुपमा लैजाने बताएका हुन ।

आज शनिबार खजुरामा जनता दुग्ध उत्पादक सहकारीको २६ औँ बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे खजुरा गाउँपालिका प्रमुख कक्षपतिले खजुरामा स्थानिय, प्रदेश र संघिय सरकार र विधिन्न संघ सस्थाको सहकार्यमा झण्डै ५ करोड कृषिमा लगानि भएको बताएका छन । कक्षपतिले गाउँपालिकाले कृषिलाई प्रमुख प्राथमिकताका साथ विकास गर्न लक्ष्य लिएको बताएका थिए । दुग्ध किसानहरुलाई थप सक्रिय भएर लाग्न समेत गाउँपालिका प्रमुख कक्षपतिले आग्रह गरेका छन ।

सहकारीको साधारण सभामा बोल्दै भेटेरीनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले सहकारीलाई बलियो बनाउन पुँजीको बढाउन आवश्यक रहेको बताएकी छन । विज्ञ केन्द्रका प्रमुख अधिकारीले उद्घाटन कार्यक्रमलाई शुभकामना दिदै सरकारले किसानमैत्रि कार्यक्रम ल्याएको जानकारी दिदै त्यसको सहि सदुपयोग सहकारी मार्फत किसानले गर्नुपर्नेमा जोड दिइन ।

विज्ञ केन्द्रका प्रमुख अधिकारीले अब उत्पादनमा आधारित प्रतिफल दिने काम गर्न किसानलाई सुझाव दिइन । साधारण सभामा बोल्दै अधिकारीले प्रदेश सरकार र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हाल ल्याएको कार्यक्रमको बारेमा पनि जानकारी गराएकि थिइन । उनले छिटै जनता दुग्ध सहकारी सगं सहकार्य गरी गाई पकेट कार्यक्रम सन्चालन गर्ने र त्यसको लागी ७० लाख बजेट विनियोजन गरिसकेको उल्लेख गरेकी छन ।

सहकारीका अध्यक्ष भिम बहादुर बडुवालको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघका प्रतिनिधि, कृषि पत्रकार, विभिन्न सहकारीकर्मि, सेयर सदस्य, किसान लगाएतको उपस्थिती रहेको थियो ।

साधारण सभामा खजुरा गाउपालिका प्रमुख किस्मत कुमार कक्षपति, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारी, कृषि पत्रकार समाज लुम्बिनि प्रदेशका उपाध्याक्ष खगेन्द्र दाहाल, सहकारीकर्मि खडक वलिलाई सम्मान गरिएको थियो भने दुध ल्याउने किसानहरुलाई समेत प्रोसाहन स्वरुप पुरस्कृत गरिएको सहकारीका व्यवस्थापक गौरव सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया