माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको सहमतिमा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता तथा नारायणप्रसाद रेग्मीले बताए ।
रेग्मीका अनुसार सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ । भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो ।
यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ । यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको रेग्मीले जानकारी दिए ।










