नेपालगंज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समुहले मंगलबार नेपालगन्जमा प्रदर्शन गरेको छ । संसद विघटन असंबैधानिक भएको र प्रधानमन्त्री केपी ओलीले आफ्नो असक्षमता ढाक्न संसद विघटन गरेको भन्दै नेकपा बाँकेले बृहत नेपालगन्जमा बिरोध प्रदर्शन गरेको हो ।
प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
नेपालगन्जको बिपी चोकबाट सुरुभएको विरोध र्याली धम्बोझी चोक हुदै बजार परिक्रमा गरि त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेकपाका नेतृ पूर्णा सुबेदी, दल बहादुर सुनार र महेश्वर गहतराज (अथक) ले सम्बोधन गरेका थिए ।
त्यस्तै नेपालगंज लगायत देशका अन्य स्थानमा समेत नेकपा माधव-प्रचण्ड समुहले बिरोध प्रदर्शन गरेको छ भने नेकपाले कयौ सहरमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।












